
निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य झण्डै २ लाख ४० हजार नजिकै पुगेकाे छ । आज प्रति तोला १ हजार २ सयले बढेर दुई लाख ३९ हजार २ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बुधबार २ लाख ३८ हजारमा कारोबार भएको प्रति तोला सुनको मोल आज १ हजार २ सयले बढेर २ लाख ३९ हजार २ सय कायम भएको हाे ।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । हिँजाे बुधबार प्रति तोला चाँदी २ हजार ९ सय ५५ मा काराेबार भएकाेमा आज ३ हजार २५ मा काराेबार भइरहेको महासंघका जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।