Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनको मूल्यमा निरन्तर वृद्धि २ लाख ४० हजार नजिकै

२३ बिहिबार , आश्विन २०८२४ महिना अगाडि

सुनको मूल्यमा निरन्तर वृद्धि २ लाख ४० हजार नजिकै

निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य झण्डै २ लाख ४० हजार नजिकै पुगेकाे छ । आज प्रति तोला १ हजार २ सयले बढेर दुई लाख ३९ हजार २ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार बुधबार २ लाख ३८ हजारमा कारोबार भएको प्रति तोला सुनको मोल आज १ हजार २ सयले बढेर २ लाख ३९ हजार २ सय कायम भएको हाे ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । हिँजाे बुधबार प्रति तोला चाँदी २ हजार ९ सय ५५ मा काराेबार भएकाेमा आज  ३ हजार २५ मा काराेबार भइरहेको महासंघका जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।