
गत साताको निरन्तर वर्षसंगै आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग भोलि असोज २५ गते शनिबारदेखि सञ्चालनमा आउने भएको छ । उक्त राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको हो ।
बाढीले क्षतिग्रस्त राजमार्गमा हाल काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको बताइएको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताएका छन् ।
आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने र भोलिदेखि सवारी सञ्चालन गरिने तयारी रहेको छ । सबै ट्रयाक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गरी आज साँझसम्ममा सडक खोल्ने काम पूरा हुने बताइएको छ ।