Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपालगञ्जमा वृहद् सामुदायिक सरसफाई

२६ आइतबार , आश्विन २०८२९ महिना अगाडि

नेपालगञ्जमा वृहद् सामुदायिक सरसफाई

असोज २, नेपालगञ्जमा वृहद् सामुदायिक सरसफाई अभियान
नेपालगञ्ज ÷ नेपालगञ्ज उपमहानगरपालिका ९ ढापाली टोलमा वृहद् सामुदायिक सरसफाई अभियान गरिएको छ ।
द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ को सहकार्यमा सामुदायिक सरसफाई सम्पन्न भएको हो ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।
सरसफाई अभियानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द रेग्मी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, ढापाली टोल बिकास समितिका अध्यक्ष लगायत बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरुको सामुहिक सहभागिता रहेको थियो । अभियानमा जुटेका सम्पूर्ण महानुभावहरुलाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले धन्यवाद दिएका थिए ।
३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको छ ।
संकलन गरी वर्गिकरण गरिएको फोहोरमध्ये प्रसोधन गरी पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लगेको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।