Advertisement Banner
Advertisement Banner

२७ सोमबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

हमासले सार्वजनिक गरेकाे सूचीमा विपिन जोशीकाे पनि नाम समावेश

२६ आइतबार , आश्विन २०८२एक दिन अगाडि

हमासले सार्वजनिक गरेकाे सूचीमा विपिन जोशीकाे पनि नाम समावेश

इजरायल र हमासकाे युद्धविराम सम्झौता पछि पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने भएको छ । साेहि क्रममा गाजा पट्टीमा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक गरिएकाेमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जसअनुसार टाइम्स अफ इजरायल, एपीसहितका प्रतिष्ठित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम उल्लेख गरिएको छ । यसअघि सीएनएनले विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो ।

यसअघि शुक्रबार सम्पन्न युद्धविराम सम्झौतासँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरूको रिहाइ हुने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको बताइएकाे छ ।

यता नेपाल सरकारले पनि विपिन जोशीको सकुशल फिर्तीका लागि आवश्यक सबै कूटनीतिक पहल गरिरहेको छ ।