Advertisement Banner
Advertisement Banner

२७ सोमबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

पेट्रोलियम पदार्थ आयातबाट ११ अर्ब १८ करोड राजस्व संकलन

२६ आइतबार , आश्विन २०८२२० घण्टा अगाडि

पेट्रोलियम पदार्थ आयातबाट ११ अर्ब १८ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको दुई महिनामा पेट्रोलियम पदार्थ आयातबाट ११ अर्ब १८ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातबाट चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व संकलन गरेको हो ।

चालु आवको दुई महिनामा कार्यालयले २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको थियो । आयातबाट प्राप्त कुल राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा २८.५६ प्रतिशत रहेको बताइएको छ ।

भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जनाएका छन् । त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट २ अर्ब ५४ करोड अर्थात् ६.४९ प्रतिशत, सबै प्रकारका कपडाबाट १ अर्ब ९८ करोड अर्थात् ५.०६ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी चालु आवको दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले ३९ अर्ब १५ करोड राजस्व संकलन गरेको छ ।