Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपालले सुपर सिक्सको दोस्रो खेल कतारसँग खेल्दै

२७ सोमबार , आश्विन २०८२८ महिना अगाडि

नेपालले सुपर सिक्सको दोस्रो खेल कतारसँग खेल्दै

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज दोस्रो खेल कतारसँग खेल्दै छ । सुपर सिक्सको पहिलाे खेलमा युएईलाई १ रनले हराएकाे नेपालले आज दोस्रो खेल कतारसँग खेल्न लागेकाे हाे ।

सुपर सिक्सको दोस्रो खेल नेपाली समय अनुसार राति पाैने ९ बजेदेखि शुरु हुनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो ।

विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान)कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

अर्काे खेल नेपालले बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।