
आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रति ताेला २ हजार ४ सयले बढेर २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेकाे छ ।
हिँजाे आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । केहि समयदेखि सुनकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ । यसअघि गत शुक्रबार सुनको मूल्य ४ हजार २ सयले घटेको थियाे ।
त्यसैगरि आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।