Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

२७ सोमबार , आश्विन २०८२१८ घण्टा अगाडि

रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहटमा घाँस लिन जाने क्रममा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । राैतहटकाे गौर नगरपालिका–१, सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर तीन बालिकाको ज्यान गएको हो ।

पानीमा डुवेर मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनिहरूसँग सात जनाको समूह घाँस लिन गौरतर्फ गएका थिए । जसमध्ये चार जनालाई स्थानीयवासीले ज्यान बचाउन सफल भए पनि तीन जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

उक्त घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य थालेकाेमा तीनै जना बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताइएको छ ।