
लगातार उकालो लाग्दै गएको सुनको मूल्यले नेपाली बजारमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च भएर नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ८ हजार १ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ भने चाँदीले पनि नयाँ उचाइ छोएको छ ।
आज छापावाला सुन प्रति तोला ८ हजार १ सय रुपैयाँले बढेको र यो एकै दिनमा भएको सबैभन्दा ठूलो वृद्धिमध्ये एक हो । त्यस्तै नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । हिँजो प्रति तोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८ सय ५० रुपैयाँ ५० पैसा रहेको महासंघले जनाएको छ ।