Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नेपाल हिन्दु अधिराज्य बनाउने प्रसाईंको घोषणा

२८ मंगलबार , आश्विन २०८२९ दिन अगाडि

नेपाल हिन्दु अधिराज्य बनाउने प्रसाईंको घोषणा

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउने घोषणा गरेका छन् । आफ्ना समर्थकसहित हिँजो पशुपति मन्दिरबाट प्रसाईंले नेपाल पुनः हिन्दु अधिराज्य बनेको घोषणा गरेका हुन् ।

उनले पशुपति मन्दिरमा आफ्ना समर्थकलाई ‘आजको दिनदेखि नेपाललाई पुनः किरात, बौद्धसहित हिन्दु अधिराज्य नेपालको रुपमा स्थापित भएको घोषणा गर्दछौँ’ भन्ने सपथ समेत खुवाएका थिए । सोहि क्रममा प्रसाईंले अहिले देशभित्रको खतरा बाहिरबाट नभई देश भित्रकै पढेलेखेको बुद्धिजीवि र सोसियल मिडियाको ज्ञाता भन्ने नक्कली फेसबुक चलाउनेहरूबाट भएको दाबी गरेका थिए ।

उनले भाषा र शरीर नेपाली, आत्मा र दिमाग विदेशी भएकाहरुले राष्ट्रियता भनेको चुनावी नारा, देशप्रेम भनेको स्टाटस अपडेट मात्रै हो भन्दै कटाक्ष गरेका थिए । प्रसाईंले देश र धर्म जोगाउन शान्तिपूर्ण विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।