Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

तिहारमा चाँदीका मेडालियन मात्र बिक्री

२८ मंगलबार , आश्विन २०८२९ दिन अगाडि

तिहारमा चाँदीका मेडालियन मात्र बिक्री

नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) को लागि बिक्री गर्दै आएको सुनको असर्फी (सुनको सिक्का) यस वर्ष बिक्री नगर्ने भएको छ । यस वर्ष राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बिक्री गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले विगतका वर्षहरूमा सुनको असर्फी (सुनको सिक्का) र चाँदीका मेडालियन वितरण गर्दै आएको थियो । तर, यस वर्ष चाँदीका मेडालियन मात्र बिक्री गरिने राष्ट्र बैंकको टक्सार महाशाखाले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।  

महाशाखाका अनुसार १० ग्राम तौल भएको लक्ष्मी मेडालियनको मूल्य प्रतिगोटा ३ हजार रुपैयाँ निर्धारण गरिएको छ भने प्रत्येक व्यक्तिलाई एकथान मात्र उपलब्ध गराइने समेत राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीका मेडालियन वितरण शुरु गरेको छ ।

त्यसैगरी १०–१० ग्राम तौल भएका गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन पनि समान दरमाप्रति थान ३ हजार रुपैयाँमा—प्रति व्यक्तिलाई एकथान मात्र वितरण गरिने बताइएको छ । सेवाग्राहीले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै आधिकारिक परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याएर मात्रै मेडालियन खरिद गर्न सकिने समेत सुचनामा उल्लेख गरिएको छ ।