
दाङ, पार्वता स्मृती साहित्य प्रतिष्ठान द्वारा आमा पार्वताको सम्रणमा असी वर्षका वृद्ध बा आमाहरूलाई दौसाला ओडाएर सम्मान् गरिएको छ।
उक्त कार्यक्रम पाण्डे समाजका भवानी प्रसाद पाण्डेका सन्ततीहरूले आफ्नो मासिक बैठक आयोजन गरेर गरेका छन्।
प्रतिष्ठानकी अध्यक्ष श्रीमति देबा देवी पाण्डे र सुरेशकुमार पाण्डे द्वारा १६जना वृद्धाहरूलाई दोसाला ओढाएर सम्मान गरेकाछन्।
सम्मानित हुनेहरूमा कुबीर पाण्डे, चेतु पाण्डे, श्रीमति मिना पाण्डे,श्रीमति निमा पाण्डे, श्रीमति डोम्वरा देवी पाण्डे,मानप्रसाद रिजाल,रवीलाल पार्दे, टीकाराम रिजाल, श्रीमती टीका रिजाल, वेदप्रसाद खनाल,तुलसादेवी सुवेदी,कुलराज पाण्डे,श्रीमती हेड्मा भुसाल,श्रीमति अम्विका पाण्डे,टुल्कप्रसाद पाण्डे,रोमहर्ष बस्याल रहेकाछन्।
श्री नबराज पाण्डेको अध्यक्षता र लुमाकान्त पाण्डेको सञ्चालनमा सुरू भयो।
स्वागत श्रीमति जानुका पाण्डेले गरीन।
कार्यक्रम पाण्डे समाजका उपाध्यक्ष श्री मात्रिका प्रसाद पाण्डेको प्रमुख अतिथी,र हरिप्रसाद पाण्डे बिसिष्ट अतिथि हुनुहुन्थ्यो।
साथै अथितिहरूमा प्रेमलाल पाण्डे,पिमा पाण्डे,नारायणप्रसाद पाण्डे,सिता पाण्डे,देबा पाण्डे,सुरेशकुमार पाण्डे लगायतले अथिती आसन ग्रण गरेकाथिए।
सम्रण रहोस आमा पार्वताको सम्झनामा बिगत तीन वर्ष देखि ८०वर्षका बुढा बुढी बा आमाहरूलाई पार्वता स्मृती साहित्य प्रतिष्ठानले सम्मान गर्दै आएको छ।
-सुरेशकुमार पाण्डे, दाङ-घोराही १८