
बझाङमा गएराति भूकम्प गएको छ । बझाङको दान्तोला केन्द्र बनाएर गएराति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
दान्तोला केन्द्र बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । राति बझाङ लगायत छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको भूकम्पकाे कारण सर्वसाधारण त्रसित बनेका थिए ।
हालसम्म भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । यसअघि पनि पश्चिम नेपालका विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाे छ ।