
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । तालिकाको शीर्ष स्थानमा रहेकाे ओमानसँग नेपालले प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
यसअघि सुपर सिक्समा युएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेकाे नेपालले आज शीर्ष स्थानमा रहेकाे ओमानसँग र शुक्रबार सामोआसँग अन्तिम खेल खेल्ने छ । हालसम्म सुपर सिक्सको अंकतालिकामा ओमान र नेपाल दुवैले समान ६-६ अंक बटुलेका छन् भने रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेकाे छ ।
सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, युएई, ओमान, जापान, कतार र सामोआ) मध्ये शीर्ष तीनमा रहने टोलीले भारत र श्रीलंकामा आयोजना हुने २०२६ को टी-२० विश्वकपमा खेल्ने छन् । आज राति पाैने ९ बजे सुरु हुने खेलमा नेपाल विजयी भएमा सीधै टी-२० विश्वकपका लागि छनोट हुनेछ ।