Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

काठमाडौँमा आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरु

२९ बुधबार , आश्विन २०८२८ दिन अगाडि

काठमाडौँमा आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरु

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँको भवनमा आगजनी र तोडफोडका कारण बन्द भएको राहदानी आवेदनसम्बन्धी सेवा आजबाट सुरु भएको छ । राहदानी सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुन् लागेको हो ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरु गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले जनाएका छन् । उनका अनुसार अनुसार राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।  

हाललाई सीमित आवेदन स्टेसनबाट शुरु गर्न लागिएको उक्त सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्ने बताइएको छ । त्यस्तै ​अत्यधिक चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।