Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनको मूल्य २ लाख ४९ हजार नजिकै

२९ बुधबार , आश्विन २०८२४ महिना अगाडि

सुनको मूल्य २ लाख ४९ हजार नजिकै

निरन्तर उकालो लागेको सुनको मूल्य आजपनि बढेको छ । आज छापावाला सुन प्रति तोला ४ सयले बढेर २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । हिँजो मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य आकाशिएको बेला चाँदीको मूल्यमा भने घटेको छ । हिँजो प्रति तोला ३ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घटेर ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ, भने चाँदी प्रति १० ग्राम २ हजार ७ सय ७८ रुपैयाँमा कारोबार भइरहेको  छ ।