Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वैदेशिक अध्यनका लागि एक महिनामा झन्डै ३३ अर्व बाहिरियो

२९ बुधबार , आश्विन २०८२८ दिन अगाडि

वैदेशिक अध्यनका लागि एक महिनामा झन्डै ३३ अर्व बाहिरियो

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीमार्फत एक महिनामा झन्डै ३३ अर्व रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौ महिनामा मात्रै विदेश जाने विद्यार्थी मार्फत ३२ अर्ब ७६ करोड बाहिरिएको हो ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार भदौ महिनामा उक्त रकम बाहिरिएको हो । अघिल्लो वर्ष २०८१ को सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड रहेको थियो ।समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रहेको थियो ।

त्यसैगरी खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।