Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

काठमाडौँबाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ

२९ बुधबार , आश्विन २०८२८ महिना अगाडि

काठमाडौँबाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३, बाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गएराति पेस्तोल र हतकडीसहित पक्राउ गरेको हो ।

प्रहरीले सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका घर भएका २७ वर्षीय राजन भुजेललाई पक्राउ गरेको हो । भुजेललाई पानी ट्यांकी भित्र एक एक थान पेस्तोल र हतकडी लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।  

हाल भक्तपुर बस्दै आएका उनलाई नियन्त्रणमा लिइ आवश्यक सोधपुछ भइरहेको नेपाल प्रहरीले जनाएको छ ।