Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

काठमाडौँबाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ

२९ बुधबार , आश्विन २०८२८ दिन अगाडि

काठमाडौँबाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३, बाट पेस्तोल र हतकडीसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गएराति पेस्तोल र हतकडीसहित पक्राउ गरेको हो ।

प्रहरीले सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका घर भएका २७ वर्षीय राजन भुजेललाई पक्राउ गरेको हो । भुजेललाई पानी ट्यांकी भित्र एक एक थान पेस्तोल र हतकडी लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।  

हाल भक्तपुर बस्दै आएका उनलाई नियन्त्रणमा लिइ आवश्यक सोधपुछ भइरहेको नेपाल प्रहरीले जनाएको छ ।