Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई हरायाे

३० बिहिबार , आश्विन २०८२७ दिन अगाडि

टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई हरायाे

गएराति सम्पन्न आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई हराएकाे छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सम्पन्न खेलमा नेपालले ओमानलाई ३८ रनले हराएकाे हाे ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनाएकाे थियाे । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाउँदा मोहम्मद नदीमले २५ रन बनाएका थिए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई/दुई विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिन सफल भएका थिए ।

ओमान विरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिँदा आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरेका थिए । गुल्शन झाले दुई छक्कासहित १८ रन जोड्दा आदिल आलमले १६ रन बनाएका थिए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिएका थिए । दुई खेल अगावै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपालले आठ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।