Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

देशभरकाे माैसम सफा रहने

३० बिहिबार , आश्विन २०८२४ महिना अगाडि

देशभरकाे माैसम सफा रहने

अहिले देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेकाले देशभरकाे माैसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले देशभरकाे माैसम सफा रहने जनाएकाे छ ।

आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएकाे छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने पनि विभागले जनाएको छ ।