
अहिले देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेकाले देशभरकाे माैसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले देशभरकाे माैसम सफा रहने जनाएकाे छ ।
आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएकाे छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने पनि विभागले जनाएको छ ।