Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आजदेखि कास्की मालपोत कार्यालयबाट सेवा सुरु

३० बिहिबार , आश्विन २०८२७ दिन अगाडि

आजदेखि कास्की मालपोत कार्यालयबाट सेवा सुरु

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोड हुँदा क्षतिग्रस्त बनेको कास्की मालपोत कार्यालयले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले आजदेखि अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको हो ।  

कास्की मालपोत अधिकृत शोभाखर पोख्रेलका अनुसार यसअघि कार्यालय क्षतिग्रस्त भएपछि सेवाग्राहीलाई प्रतीक्षालयबाट सेवा दिन सुरु गरिएको थियो । हाललाई अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको समेत पोख्रेलले बताएका छन् ।

अहिले उक्त कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा जलेर नष्ट भएकाले समस्या भएको बताइएको छ । जेनाजी आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको अधिकृत पोख्रेलको भनाई रहेको छ ।