Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुनको मूल्यमा गिरावट

०३ आइतबार , कार्तिक २०८२३ दिन अगाडि

सुनको मूल्यमा गिरावट

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यसअघि शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्यमा आज गिरावट आएको हाे ।

साताको पहिलो कारोबार दिनमै सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार २ यस रुपैयाँमा काराेबार भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रति तोला २ लाख ५८ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।

यता अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र स्थानीय मागमा आएको परिवर्तनका कारण सुनको मूल्यमा यो कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यसैगरि आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रति तोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।