Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा

०४ सोमबार , कार्तिक २०८२२ दिन अगाडि

आज बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा

नेपालीहरूकाे दाेश्राे ठुलाे पर्व तिहारकाे दाेश्राे दिन आज कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिने परम्परा अनुसार आज कुकुर तिहार मनाउन लागिएकाे हाे ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट मान्यता पाएका पात्रोका अनुसार यो वर्ष कुकुर तिहारकै दिन बेलुकि लक्ष्मीपूजा परेकाे छ । आज सोमबार कृष्ण चतुर्दशी २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेकाे छ भने त्यसपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा परेकाे हाे । भाेलि मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ ।

कुकुर तिहार र लक्ष्मीपूजा छुट्टाछुट्टै महत्त्वका पर्व भएपनि लगातार चार वर्षदेखि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्ने गरेकाे छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिन्छ भने औँसीको रातमा दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाेलि तिहारका कुनै पनि पर्व नभएकाे र गाईको पूजा बुधबार प्रतिपदाका दिन गर्न भनिएको छ । साेहि दिन गाई-गोरु र गोवर्धनपूजा गरिने समेत समितिले उल्लेख गरेकाे छ ।