Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

०४ सोमबार , कार्तिक २०८२२ दिन अगाडि

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

बि.सं.१९६६ कात्तिक कृष्ण औँसीका दिन जन्मिएका नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यमा उनले दिएकाे याेगदानकाे कदर गर्दै देवकोटाको ११७औँ जन्मजयन्ती मनाउन लागिएकाे हाे ।

काठमाडौंको डिल्लीबजारमा कात्तिक कृष्ण औँसीका दिन जन्मिएका देवकाेटाले १० वर्षको उमेरमा कविता लेख्न थालेका थिए । उनकाे थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।  

देवकोटाले नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका थिए । उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । उनले विदेशी भाषामा नेपाली कृतिको अनुवाद गरेर विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा गरेका थिए ।

तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियाे । यसरि नेपाली साहित्यमा महत्वपुर्ण याेगदान पुर्‍याएका महाकवि देवकोटाको २०१६ सालमा निधन भएको थियो ।