Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

०५ मंगलबार , कार्तिक २०८२१५ घण्टा अगाडि

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा  १९ अक्टोबर २०२५ का दिन तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायबीच उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हाे ।

कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गर्नुभएको थियो भने  क्यातरिना पिइरेस (Catarina Pires) प्रमुख अतिथिमा हुनुहुन्थ्याे । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सन्तोष पाण्डेले गर्नुभएको थियो । उहाँको प्रभावशाली प्रस्तुति र मनमोहक सञ्चालन शैलीले कार्यक्रममा थप उत्साह, जोश र आकर्षण ल्याएको सहभागीहरूले बताए ।

सांस्कृतिक प्रस्तुतिहरूमा गीत, नृत्य, कविता, तिहार विशेष भोजन तथा सम्मान कार्यक्रमसमेत रहेको थियो । प्रस्तुतिहरूले नेपाली संस्कृतिको झल्को, आपसी एकता र पारिवारिक सद्भावलाई उजागर गरेको थियाे ।

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाइराख्न यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने बताएका छन् ।

संस्थाका संस्थापक सन्तोष पाण्डेले नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राले भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने र समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न विशेष पहल गर्ने योजना रहेको बताउनु भएकाे थियाे ।