
आज तिहारकाे तेश्राे दिन कार्तिक कृष्ण औँसी भए पनि तिहारका कुनै पनि पर्व परेको छैन । कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा रहेपनि यसवर्षकाे लक्ष्मीपूजा हिँजै सम्पन्न भएकाे छ ।
पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरे अनुसार हिँजाे दिउँसो नै औँसी तिथि लागेकोकाले हिँजाे साँझ लक्ष्मीपूजा गरिएकाे थियो । हिँजाे बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरिएकाे हाे भने यता
मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन् ।
त्यसैगरि काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै आज लक्ष्मीपूजा गर्ने बताइएकाे छ । त्यस्तै भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (आत्मपूजा) आज गर्दैछन् ।
तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा(भाइ) पूजा गर्ने निर्णय गरिएको थियो ।