Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दुर्गाको मूर्ति विसर्जनका क्रममा डुबेर तीन जनाको मृत्यु

०६ बुधबार , कार्तिक २०८२४ दिन अगाडि

दुर्गाको मूर्ति विसर्जनका क्रममा डुबेर तीन जनाको मृत्यु

रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । रुपन्देहीकाे गैडहवा गाउँपालिका-६, सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उक्त घटना भएको हो ।

डुबेर मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१, का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन् । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा उनिहरूकाे शव फेला परेको बताइएकाे छ ।

घटना स्थलदेखि करिब २०० मिटर तल उनिहरूकाे शव फेला परेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।