Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज पनि तिहारकाे सार्वजनिक बिदा

०८ शुक्रबार , कार्तिक २०८२३ दिन अगाडि

आज पनि तिहारकाे सार्वजनिक बिदा

तिहार हिँजै सम्पन्न भएपनि आज मुलुकभर सरकारले तिहारकै नाममा बिदा दिएको छ । सरकारले तिहार बिहीबार नै सम्पन्न भए पनि आज शुक्रबार सरकारी बिदा दिएकाे हाे ।

गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा उल्लेख गरेअनुसार कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा दिइएकाे हाे । यसवर्ष तिथि घटबढका कारण लक्ष्मीपूजा र भाइटीकाकै बिचमा पनि एक दिन बिदा थपिएको थियो भने यस वर्ष तिहारको बिदा पाँच दिन परेको थियाे ।

यसअघि कातिक ३ गतेदेखि साेमबार देखि बन्द रहेकाे सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन् । तर, आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेकाले यो दिन पनि सार्वजनिक बिदा छ ।

यसअघि केही वर्ष पहिले तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो । जसका कारण तिहारकाे भाइटिकाकाे भाेलि पल्ट केही पर्व नपरे पनि बिदा दिने क्रम निरन्तर रहेकाे छ ।