
सोलुखुम्बुमा हिँजाे साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ । माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै चालकसहित ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
सोलुखुम्बुकाे माप्य दूधकोशी गाउँपालिका-६ र ७ को सिमानाको भिरकुनामा दुर्घटना भएकाे जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियाे । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हाे ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार रातिको घटना भएकाले पहिचानमा समस्या भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


