
हिन्दुहरूकाे दाश्राे ठूलाे चाड तिहार सकिएसँगै तराई–मधेशमा छठ पर्व शुरु भएको छ । तराई–मधेशमा मिथिलाञ्चलको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छठ पर्व शुरु भएको हाे ।
छठ पर्व मिथिलाञ्चलको प्रमुख धार्मिक पर्व छठका लागि पोखरी, नदी र तलाउहरूमा सरसफाइ, घाट निर्माण र सडक मर्मत गरिएको छ । काठमाडाैँकाे बागमति नदि लगायतका देशभरका विभिन्न स्थानमा छठ पर्व शुरु गरिएकाे हाे ।
छठी माताको पूजा जलाशयहरूमा गरिने यस पर्वमा अस्ताउँदो सूर्यको उपासनाबाट शुरु भएर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । छठ पर्व तिथिअनुसार आजदेखि शुरु हुने र भाेलि सोमबार साँझको सूर्य र पर्सि मंगलबारको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।


