
आज नेपाल लगायत विभिन्न मुलुकमा विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस मनाउने निर्णय गरेसँगै हरेक वर्षको २४ अक्टोबर याे दिवस मनाउन थालिएकाे हाे ।
सन् १९७२ देखि हरेक वर्षको अक्टोबर २४ का दिन विश्वभरि विश्व विकास सूचना दिवस मनाउने गरिन्छ । सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्देश्यले यो दिवस मनाउने थालिएको हाे ।
विश्व विकास सूचना दिवसले युवामा रहने विकासको समस्याहरूको बारेमा अधिक जागरूकताको नेतृत्व गर्दै विकासको लागि अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिने विश्वास गरिएकाे छ ।


