
दार्चुलामा आज बिहान जिप दुर्घटनामा परि एकजनाकाे मृत्यु भएकाे छ । दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा भएकाे जिप दुर्घटनामा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हाे ।
दार्चुलाको लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेकाे जिप कस्ले चलाएकाे थिए भन्ने थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जनाएका छन् ।
प्रहरी निरीक्षक शाहीका अनुसार जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको बताउँदै जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटना स्थलतर्फ गएको बताइएकाे छ ।


