Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

रुकुममा जीप दुर्घटना आठ जनाकाे मृत्यु, दश घाइते

०९ शनिबार , कार्तिक २०८२५ महिना अगाडि

रुकुममा जीप दुर्घटना आठ जनाकाे मृत्यु, दश घाइते

रुकुममा हिँजाे साँझ भएकाे जीप दुर्घटनामा परि आठ जनाकाे मृत्यु हुनुका साथै दश जना घाइते भएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएकाे रा १ ज ४२२ नम्बरको जीप दुर्घटनामा परि सात जनाको घटनास्थलमै र एकजनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जीप दुर्घटनामा ज्यान गुमाउनेहरुमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय  टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक र २२ वर्षीय गोपाल वली रहेकाे बताइएकाे छ । त्यसैगरि आठविसकोट नगरपालिका-१, काे  १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया  सविता विकको मृत्यु भएको हाे ।

उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका-२ काे १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका प्रहरीले जनाएकाे छ । त्यस्तै अन्य घाइतेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिएका छन् ।

दुर्घटनाका ९ जना घाइतेको उपचारजिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । दुर्घटनामा परेकाे जीप सडकबाट ७०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।