Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मधेशमा कात्तिक ११ गते सार्वजनिक बिदा

०९ शनिबार , कार्तिक २०८२१० महिना अगाडि

मधेशमा कात्तिक ११ गते सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले कात्तिक ११ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले छठपर्वको चौथो दिन कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।  

मधेश प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएको छ ।

जारी सूचनामा मधेस प्रदेश सरकारद्वारा विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको मन्त्रालयका उपसचिव गणेश नायकले जानकारी दिएका छन् । साेहि नुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो पर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको भन्दै मधेशी समुदायले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेका थिए । यता संघीय सरकारले भने छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार सार्वजनिक बिदा दिएको छ ।