Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

०९ शनिबार , कार्तिक २०८२२ दिन अगाडि

माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्थानीय प्रशासनबाट अनुमति नलिइ बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका ५० जना सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

माइतीघरमा प्रर्दशन गर्न पुगेका उनिहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष रहेकाे बताइएकाे छ । यता ​जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको बताएका छन् ।