Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

१० आइतबार , कार्तिक २०८२५ महिना अगाडि

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

२०८२ कात्तिक ८, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आज साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति अलगउपन्यासहरु बन्धन र पछुतोको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार  के के कर्माचार्य, कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा। डा। सुरेन्द्र के.सी., गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरु प्रा. डा. गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरीलगायतले सो कृतिहरुको लोकार्पण गर्नु भएको थियो ।
कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेको कथाकृति अलगको समीक्षा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले गर्नु भयो भने बन्धन उपन्यासको समीक्षा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले र पछुतो उपन्यासको समीक्षा डा. शान्तिमाया गिरीले गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि के के कर्माचार्य, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु दीपेन्द्र श्रेष्ठ, मदनदास श्रेष्ठ, प्रा. डा.सुरेन्द्र के. सी., हिरण्यकुमारी पाठक, साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंह लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, साहित्यकारहरु गोपालप्रसाद थपलिया, पुरुषोत्तम दाहाल, शरद प्रधान, जयदेव भट्टराई, रामप्रसाद पन्त, डा। सावित्री श्रेष्ठ, प्रधुम्न जोशी, तुलसीहरि कोइराला, विजयध्वज थापा, मथुरा प्रधान, जयन्ता पोखरेल, उमेश पाण्डे, राजन न्यौपाने, जीवनाथ धमला, बालकृष्ण श्रेष्ठ पासा, लता के। सी, डा। बुनु दाहाल, उषा के। सी।, तारा के। सी।, प्रमोद सारङ, भुवन मास्के मुस्कान, डी. आर. राई, गोपीकृष्ण प्रसाईं, भानुप्रकाश जोशी, राज रजक, मन भुजेल, अविकेशर ओलि, केशवप्रसाद पराजुली, तुलसा पहाडी, लता चन्द, नीरा श्रेष्ठ लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कृतिकार न्यौपानेका हालसम्म दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।