Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१० आइतबार , कार्तिक २०८२२० घण्टा अगाडि

आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गत हुन लागेकाे आजकाे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा बिहान ११ बजे हुन लागेकाे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

हरेक तीन वर्षकाे फरकमा आयोजना हुने लिग टू काे खेलमा नेपाल निकै कमजोर अवस्थामा रहेकाे छ भने नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो । लिग टू मा कमजाेर भएपनि आईसीसी टी-२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर रहेकाे छ ।

यसअघि ओमनमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटमा नेपाल च्याम्पियन बन्न सफल भएकाे थियाे । यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो ।

अहिले यूएईमा हुन लागेकाे आईसीसी विश्वकप लिग टू मा फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती रहेकाे छ । अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टू को प्रतियोगिताका लागि यूएई पुगेकाे नेपाली टाेलीले खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेर पाँच खेल जितेको नेपाल तालिकाको सातौं स्थानमा रहेकाे छ ।

यता आज नेपालले प्रतिस्पर्धा गर्न लागेकाे अमेरिकाले २० खेलबाट २८ अंक जोडिसकेको छ । नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएकाे र त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन् ।

तर पछिल्ला पाँच खेल मध्ये सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई हराएकाे थियाे भने अन्य चार खेलमा नेपालले हार बाेहाेरेकाे छ ।