
ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा हिँजाे शनिबार याे यामकै सबैभन्दा धेरै दर्शनार्थीले दर्शान गरेका छन् । हिँजाे शनिबार एकै दिन ६ हजार ३ सय ९३ जनाले दर्शन गरेकाे पाथीभरा क्षेत्र विकास समिति जनाएकाे हाे ।
समितिका अनुसार शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेकाे बताइएकाे छ । शनिबार बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेकाे समितिले जनाएकाे छ ।
ताप्लेजुङ जिल्लाकाे प्रसिद्ध धार्मिकस्थल पाथीभरामा वर्षभरि नै भक्तजनको आगमन हुने गरेको छ । विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको उक्त मन्दिरमा त्यसपछि चैतेदसैँको आसपासमा धेरै भक्तजन आउने गरेका छन् ।
यसअघि गत असोजभर २९ हजार १ सय ७४ जना भक्तजनले मन्दिरको दर्शन गरेकाे समितिले जनाएकाे छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड लागेकाे बताइएकाे छ ।


