
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हाे ।
आज सुनको मूल्य नेपाली बजारमा तोलाकाे २ लाख ४१ हजार ९ सयमा काराेबार भएकाे छ । तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सयले घटेकाे हाे । कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५ सयमा काराेबार भएकाे थियाे ।
त्यसैगरि चाँदीको मूल्य ३ हजार १५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहारपछि चाँदी तोलामा २ सय ६५ ले घटेको छ । तिहार अघि त्यति नै तौलको चाँदी ३ हजार २ सय ८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय १३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


