Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

विपद्जन्य घटनामा तीन जनाको मृत्यु

१० आइतबार , कार्तिक २०८२१६ घण्टा अगाडि

विपद्जन्य घटनामा तीन जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परि झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लाल पानीमा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उनको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको थियाे ।

त्यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ । लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल थप्ने क्रममा कपडामा आगो सल्किँदा घाइते भएकि उनकाे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हाे ।

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-१, संगमटोलकाे एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उनको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका थिए भने उक्त घटनाहरूमा विभिन्न ठाउँमा तीन जना घाइते भएकाे बताइएकाे छ ।