Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पाँचथरमा बुवाले गोली हानि छोराको हत्या

११ सोमबार , कार्तिक २०८२९ घण्टा अगाडि

पाँचथरमा बुवाले गोली हानि छोराको हत्या

पाँचथरकाे मिक्लाजुङमा बुवाले गोली हानि छोराको हत्या गरेका छन् । हिँजाे दिउँसाे मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा ५२ बुवा वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् ।

मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका बखतसिंहले मादक पदार्थ सेवन गरि घर पछाडिको बारीमा एक सय मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छाेराकाे दाहिने कुम, कञ्चट र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको बताइएकाे छ । मृतक सफलको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।