
अहिले मुलुकभर पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेकाे छ । जसका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुनुका साथै पहाडी तथा तराइका भूभागमा आंशिक बदली रहनेछ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली हुनेछ भने तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएकाे छ ।
त्यसैगरि गण्डकी, कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।


