Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज पनि सुनकाे मूल्य घट्याे

११ सोमबार , कार्तिक २०८२३ घण्टा अगाडि

आज पनि सुनकाे मूल्य घट्याे

नेपाली बजारमा बिस्तारै ओरालाे लागेकाे सुनचाँदीको मुल्य आज पनि घटेको छ । आज छापावाल सुन तोलाको २ हजारले घटेर प्रति तोला २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो । साेहि क्रम आज पनि निरन्तर हुँदै सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।