Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

केहि भूभागमा वर्षा र हिमपात, सतर्क रहन अनुरोध

१३ बुधबार , कार्तिक २०८२९ दिन अगाडि

केहि भूभागमा वर्षा र हिमपात, सतर्क रहन अनुरोध

अहिले पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभाव रहेकाले देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको भएकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशकाे केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन अनुरोध छ ।

अहिले पनि गण्डकी प्रदेशका केही भाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । बाँकी पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा पनि वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुनेछ । त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिक बदली हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना कायम रहनेछ । सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, बाढी पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेकाे छ ।