Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

१३ बुधबार , कार्तिक २०८२९ दिन अगाडि

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको हाे ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बिहान भएको दुर्घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् ।

सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बुधबार बिहान भएको घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् । दुर्घटना हुँदा हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेकाले मानविय क्षेति नभएकाे बताइएकाे छ ।

अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको छ । घटनाको विस्तृत विवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ ।