Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मुस्ताङमा १० दिनमा ४० हजारभन्दा बढी पर्यटक भित्रिए

१३ बुधबार , कार्तिक २०८२८ दिन अगाडि

मुस्ताङमा १० दिनमा ४० हजारभन्दा बढी पर्यटक भित्रिए

दश दिनमा ४० हजारभन्दा बढी पर्यटकले मुस्ताङकाे भ्रमण गरेका छन् । कात्तिक महिना सुरु भएको १० दिनमा ४० हजारभन्दा बढी पर्यटकले मुस्ताङकाे भ्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १ सय ४६ जना आन्तरिक र तीन हजार ७ सय ३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ ।

बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८ सय ८ वटा सवारीसाधन भित्रिएको जिप्रका मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिएका छन् । पछिल्लाे समय मुस्ताङ भित्रिएका ४ हजार ५ सय ९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण अवरुद्ध भएको छ भने सोमबार रातिदेखि मुस्ताङमा वर्षा र हिमपात भएसँगै त्यहाँ पुगेका पर्यटक समस्यामा परेकाे बताइएकाे छ ।

मुक्तिनाथ मन्दिर विकास समितिका अनुसार कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ वरिपरि बाक्लो हिमपात भएका कारण तीर्थालुहरू समस्यामा परेका छन् । त्यस्तै मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ ।

मुक्तिनाथमा चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा १ लाख ५९ हजार ४ सय ६७ जना पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएकाे बताइएकाे छ ।