Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

गैर हाजिर १५ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

१३ बुधबार , कार्तिक २०८२८ दिन अगाडि

गैर हाजिर १५ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका १५ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । उनिहरूलाई नेपाल प्रहरीले सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हाे ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैर हाजिरी रहनुकाे स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । त्यसरी गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एक जना कार्यालय सहयोगी र अन्य प्रहरी जवान रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट बर्खास्त गरिने जनाएको छ ।

उनीहरू लामो समयदेखि सम्पर्कविहीन रहेकाे र एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएकाे छ ।