Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

मैत्रीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल विजयी

१४ बिहिबार , कार्तिक २०८२३ महिना अगाडि

मैत्रीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल विजयी

हिँजाे साँझ सम्पन्न नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हराउँदै विजयी बनेकाे हाे ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिए पछि टाइब्रेकरमा पुगेकाे खेलमा नेपालकाे गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोकेकी थिइन् भने भारतको अर्को प्रहार पोस्टमाथि बाट गएकाे थियो ।

हिँजाेकाे खेलमा अनितालाई नेपाली टोलीको कप्तानी गर्ने अवर मिलेको थियाे । यसअघि भारतमै खेलिएको नेपाल, भारत र इरानसम्मिलित त्रिदेशीय खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो भने हिँजाेकाे खेलमा टाइब्रेकरमा ३–० गोलले हराउँदै नेपाल विजयी बनेकाे हाे ।