Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

देशभरकाे माैसम बदली केही स्थानमा वर्षा र हिमपात

१४ बिहिबार , कार्तिक २०८२८ दिन अगाडि

देशभरकाे माैसम बदली केही स्थानमा वर्षा र हिमपात

आज बिहानैदेखि देशभरकाे माैसम बदली हुनुका साथै काठमाडाैँ लगायत विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभावका कारण देशभरकाे माैसम बदली भएकाे हाे ।

संयुक्त प्रभावका कारण देशभर बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपात भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसोको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा पूर्ण बदली हुनुका साथै तराईका भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेकाे छ ।

त्यसैगरि आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा पूर्ण बदली हुनेछ भने तराई भूभागमा सामान्य बदली र कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।