Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

त्रिकोणात्मक सिरिजमा नेपालले यूएईसँग खेल्दै

१४ बिहिबार , कार्तिक २०८२७ दिन अगाडि

त्रिकोणात्मक सिरिजमा नेपालले यूएईसँग खेल्दै

यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । यूएईकाे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेलामा नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुने खेल लिग–२ चक्रको यो ८८ औं खेल हो । एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका नेपाल र यूएई दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो ।

यसअघि त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरेका थिए । नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले हार बेहोरेको थियो भने यूएई अमेरिकासँग ४ विकेटको हार बेहाेरेकाे थियाे ।

अहिलेसम्म नेपाल र यूएईले एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ । १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपाल १२ अंक सहित सातौं स्थानमा छ भने यूएई समान खेलमा ३ जित हात पारेर ६ अंकसहित पुछारमा रहेकाे छ ।